नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा नेता रमेश लेखक निकट पदम बोगटी निर्वाचित भएका छन् । बोगटीले ७६८ मत पाएका छन् । उनका प्रतिस्पर्धी बहादुर थापाले ६८४ मत प्राप्त गरे।
७१ मत गन्न बाँकी छन् । सभापतिमा पदम थापालाई एनपी साउद समूहले सघाएको थियो । अन्तिम मत परिणाम भने आउन बाँकी नै छ । सुरुमा थापाले लिड गरे पनि पछि बोगटीले अग्रता लिएका थिए ।
कांग्रेसको संस्थापन पक्ष अर्थात देउवा समूहकै दुई नेताबीच कडा प्रतिस्पर्धा भएको थियो । अन्य पदाधिकारीहरूको मत परिणाम भने सार्वजनिक भएको छैन।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।