प्रदेश २ लाई प्राथमिकता दिन माग गर्दै प्रभु साहले गरे सचिवमा दाबी

एमाले नेता प्रभु साहले १०औं महाधिवेशनबाट सचिव पद पाउनुपर्ने दाबी गरेका छन् ।  सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेस गरेका हुन् ।

उनले केन्द्रीय पदाधिकारी र सदस्यमा प्रदेश २ लाई प्राथमिकता दिनसमेत माग गरेका छन् । ‘प्रभु साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बनाउन जोड गर्नुभएको छ, सबैजसो प्रदेशबाट पदाधिकारी चयन हुने भए पनि प्रदेश २ बाट सम्भावना कम देखिएपछि पदाधिकारीमा प्रतिनिधित्व गराउनुपर्ने निवर्तमान अध्यक्ष केपी ओलीसँग माग राख्नुभएको छ,’ उनीनिकट एक नेताले भने ।

ती नेताका अनुसार एमाले केन्द्रीय कमिटीलाई समावेशी र समानुपातिक बनाउन पदाधिकारी, केन्द्रीय सदस्य, स्थायी कमिटी र पोलिटब्युरोमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउनुपर्ने मागसमेत साहले ओलीसमक्ष राखेका छन् ।

माओवादी खेमाबाट आएका शीर्ष नेताहरूलाई पदाधिकारीदेखि नै समेटेमा  मात्र कार्यकर्ता पंक्तिमा राम्रो सन्देश जाने विषयमा समेत ओलीको ध्यानाकर्षण गराएको ती नेताले जानकारी दिए ।

रामबहादुर थापा ‘बादल’लाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव पद दिने लगभग पक्कापक्की भए पनि साहलाई भने मधेसी समुदायको तर्फबाट प्रतिनिधित्व गराउन सचिव दिनुपर्ने माग साह निकटका नेताहरूले गरिरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १६:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया