झापामा बस दुर्घटना : एककाे मृत्यु, २३ घाइते

झापामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यसैगरी २३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका-८ स्थिति बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस पत्ती भाँच्चिँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते गम्भीर घाइते भएका पुरुषकाे उपचारकाे क्रममा बिर्तामाेडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । मृतककाे सनाखत भने हुन सकेकाे छैन ।

घाइतेहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १६:५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया