यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश २ को सहज जित

वाइवाइ पुरुष यु-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा प्रदेश २ ले बागमती प्रदेशमाथि ६ विकेटको सहज जित हात पारेको छ ।

२५४ रनको विजयी लक्ष्य प्रदेश २ ले ४१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍याे । प्रदेश २ का लागि सन्तोष कार्कीले शतकीय तथा कप्तान विवेक यादवले अर्धशतकीय पारी खेले ।

११५ बलको सामना गरेका सन्तोषले १४ चौका र ३ छक्काको मद्दतमा १११ रन बनाए । ८६ रनमा अविजित रहेका विवेकले ७३ बलको समाना गर्दै ६ चाैका र ७ छक्का प्रहार गरे ।

रोहन विकले २६ रनको योगदान दिँदा सनी साह ९ रनमा अविजित रहे । 

तेस्रो विकेटका लागि सन्तोष र विवेकले १४४ रनको उत्कृष्ट शतकीय साझेदारी गरेपछि प्रदेश २ ले सहज जित हात पारेको हो ।   

बागमतीका तिलक भण्डारीले २, प्रशान्त महत र कप्तान प्रतिश जिसीले १-१ विकेट हात पारे।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ३ बल बाँकी छँदा सबै विकेट गुमाउँदै २५३ रन बनाएको थियो । 

बागमतीका लागि स्वप्निल अधिकारी र विपिन शाहीले अर्धशतकिय पारी खेले । ८३ बलको सामना गरेका स्वप्निलले ६ चौका र ५ छक्काको मद्दतमा ८५ रन बनाए ।



५९ रन जोडेका विपिनले ७८ बलमा ६ चौका र १ छक्का प्रहार गरे । प्रतिक श्रेष्ठले १५ रन बनाउँदा सक्रियराज कार्की ८ रनका अविजित रहे ।

प्रदेश २ का पुराज ढुङ्गेलले ३, प्रदिप पासवान, अजय यादव, गुल्सन झा र विवेक यादवले १-१ विकेट हात पार्दा ३ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

जितसँगै प्रदेश २ ले फाइनल सम्भावना बलियो बनाउँदा बागमतीको भने कमजोर बनेको छ । 

  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १६:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया