एमाले महाधिवेशन : भीम रावलले बन्दसत्र स्थल छोडेनन्, ओलीले बोलाउँदा पनि गएनन्

नेकपा एमालेका अध्यक्ष ओली शर्मा ओली अझै होटल पार्क सफारीमै छन् । अध्यक्ष ओलीलाई शनिबार बन्दसत्रको हलले नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो ।

अध्यक्ष ओली बिहानैदेखि आफू निकटका नेताहरूसँग सर्वसम्मत नेतृत्व चयनका विषयमा छलफल गरिरहेका छन् । सर्वसम्मतिका लागि ओलीले बिहानदेखि गरेको प्रयास अझै सफल हुन सकेको छैन ।

उपाध्यक्ष भीम रावल महाधिवेशनको बन्दसत्रमै छन् । रावलले पार्टीको विधान विपरीत नेतृत्व चयन हुन सक्ने आशंकामा बन्दसत्र स्थल नछोडेका हुन् । उनलाई ओलीले होटलमा बोलाए पनि आएका छैनन् । उनले अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

बिहान १० बजेका लागि बोलाइएको बन्दसत्र बेलुकीको साढे ६ बजेसम्म पनि सुरु भएको छैन । नेता गोकुल बाँस्कोटाले ७ बजे खाना खाएर मात्र बन्दसत्र सुरु हुने बताएका छन् ।

महाधिवेशन प्रतिनिधिलाई ७ बजेसम्म खाना खाएर हलमा उपस्थित हुन भनिएको छ । यद्यपि, महाधिवेशनको बन्दसत्र कतिबेला सुरु हुने भन्ने एकिन नभएको नेताहरूले बताएका छन् । ओली निकट नेताहरूले सहमतिकै आधारमा नेतृत्व चयन हुने दाबी गरेका छन् । उनीहरूले ७ बजेपछि अध्यक्ष ओलीले खाका बन्दसत्रमा प्रस्तुत गर्ने बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १८:३४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया