मोदी र सि जिनपिङ हुन खोजे पनि ओलीको अवस्था त्यस्तो छैन : भुसाल

एमाले महाधिवेशनको दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । अध्यक्ष ओली नेताहरूसँग बिहानैदेखि छलफलमा छन् ।

हिजोको बन्दसत्रले अध्यक्ष केपी ओलीलाई नै पदाधिकारी र केन्द्रीय कमिटी गठनको जिम्मा दिएपछि असन्तुष्ट भएका भीम रावल आफ्नो उम्मेदवारीबाट फिर्ता नहुने बताएका छन् । यद्यपि अहिलेसम्म सहमतिको कुनै टुंगो लागेको छैन ।

ओली बसेको होटेल नजिक पुगेर खाना खाइरहेका घनश्याम भुसाल भने यो स्थितिको परिकल्पना नै नगरेको बताउँछन् । उनले यो अहिलेसम्मकै बेतालको अवस्था भएको बताए ।

उनले अध्यक्ष ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङ जस्तै हुन खोजे पनि अवस्था त्यस्तो नभएको बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता सिले कुनै एक भाषण गर्दा बर्सौं अध्ययन र तयारीपछि मात्र बोल्ने गरेको उनले सुनाए ।



अनौपचारिक कुराकानीका क्रममा उनले आफू केही दिनदेखि राम्रोसँग खाना खान पनि नपाएको सन्दर्भ सुनाए ।

उनले भने, `आज अलिक फुर्सद पाइयो । अनि झोल भात खाउँ भनेर यता आइयो´ उनी ओली बसेकै होटेल नजिकैको एक रेस्टुरेन्टमा खाना खान पुगेका थिए ।



भुसाल दिनभर महाधिवेशनको बन्दसत्र भएको होटल सेभेन स्टारमा थिए । भुसाल खाना खाएर फेरि बन्दसत्रमै फर्कने बताए ।

  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १९:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया