कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने केरुङको तयारी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नेता नरेन्द्रकुमार केरुङले उम्मेदवारी दिने भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय उनले आदिवासी जनजाति तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।

केरुङले जनता र कांग्रेसबीच र कांग्रेसको केन्द्र र कार्यकर्ताबीच टाढिएको सम्बन्धलाई जोड्नका लागि उम्मेदवारी दिन लागिएको बताएका छन् ।

यससँगै आफ्नो उम्मेदवारी संघीयताको विशेषता अनुरूप कांग्रेसलाई रूपान्तरण र भ्रष्टाचारमुक्त पार्टी बनाउन पनि भएको फरकधारलाई बताए ।

उनी कांग्रेस पाँचथरको दुई कार्यकाल सभापति, दुई कार्यकाल सहसचिव र एक कार्यकाल सदस्य भइसकेका छन् ।

प्राध्यापक संघको केन्द्रीय सदस्य, ट्रेड युनियन कांग्रेस पाँचथरको जिल्ला सदस्यदेखि अध्यक्ष भइसकेका उनले व्यवस्थापन संकायमा एमबीए गरेका छन् ।



राजनीतिक पारिवारिक पृष्ठभूमिका केरुङको यसअघि प्रदेश १ को सभापतिमा चर्चा थियो । तर, केन्द्रीय सदस्यमै उम्मेदवारी दिने निष्कर्षमा पुगिएको उनको भनाइ छ ।

केरुङ वैचारिकसँगै संगठन विस्तारमा कुशल नेताका रूपमा चिनिन्छन् ।



  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २०:७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया