रामोसको डेब्यु खेलमा पिएसजीको सहज जित

डिफेन्डर सर्जियो रामोसले डेब्यु गरेको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सहज जित हात पारेको छ ।

पिएसजीले लिग वानअन्तर्गत आइतबार १० खेलाडीमा सीमित घरेलु टोली सेन्ट इटिएनमाथि ३–१ को जित दर्ता गरेको हो । पिएसजीको जितमा मार्क्विन्होसले २ तथा एन्जल डि मारियाले १ गोल गर्दा  इटिएनका डेनिस बोउगानाले १ गरे ।

खेलको २३औँ मिनेटमा बोउगानाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएको थिए । ४५औँ मिनेटमा टिमोथी कोलोजिएजाकले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि इटिएन १० खेलाडीमा सीमित बन्यो ।

पहिलो हाफको थप गरिएको समयमा मार्क्विन्होसले गोल गर्दै खेललाई १(१ को बारबरीमा ल्याए । ७९औँ मिनेटमा डी मारियले टोलीलाई २–१ले अघि बढाउँदा दोस्रो हाफको थप गरिएको समयमा मार्क्विन्होसले  गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

पिएसजीको  तीनै गोलका लागि लियोनल मेस्सीले अवसर सिर्जना  गरेका थिए । जितसँगै पिएसजी १५ खेलमा ४० अंकका साथ शीर्ष  स्थानमा कायम रहँदा पराजित इटिएन १२ अंकका साथ अन्तिममा छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २०:४७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया