आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरूले शक्तिशाली आँधीका कारण अरू पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । 

‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघन्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो । 

आँधीले हजारौँ रुखहरू भाँचिएका छन् भने ठूलो संख्यामा घरहरू भत्किएका छन् । घरबारविहीन भएका हजारौँ स्थानीय बासिन्दालाई शिविरमा राखिएको छ । मृत्यु भएकामध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुई जना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीले बताएका छन् । 

घरबारविहीन भएकाहरूको संख्या एक लाख ७७ हजार ५ सय पुगेको र उनीहरूलाई ३ सय ५१ वटा शिविरमा राखिएको एक अधिकारीले बताए । प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।  

अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरूले च्यापेर र विद्युतीय गढबढीका कारण भएको छ । 





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार १४:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया