एमाले महाधिवेशनको बन्दसत्र हलमा प्रवेश गरेका अध्यक्ष केपी शर्मा ओलीले बाह्र घन्टाको प्रयासपछि पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समितिको सूची सार्वजनिक गर्ने तयारी गरेका छन् ।
शनिबारको बन्दसत्रले सर्वसम्मतिका लागि पदाधिकारी तथा सदस्य चयन गर्ने जिम्मा दिएको थियो ।
सर्वसम्मत रूपमा पदाधिकारीसहित केन्द्रीय समिति चयन हुन नसके बन्दसत्रबाट निर्वाचनको कार्यक्रम अघि बढ्ने बताइएको छ ।
आइतबार दिनभर १२ घण्टाको छलफलपछि अध्यक्ष ओलीले पदाधिकारी र सदस्यको टुंगो लगाएका हुन् ।
वरिष्ठ उपाध्यक्षको पदमा सुवास नेम्वाङ र ईश्वर पोखरेलका लागि दुईवटा पद राख्ने ओलीको तयारी छ । अध्यक्षमा दाबी गरिरहेका उपाध्यक्ष भीम रावलबारे कुनै निर्णय नभएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।