मदनकृष्ण श्रेष्ठ अमेरिकामा सम्मानित

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन् । मेरिल्यान्ड राज्यको विधानसभाले उनलाई सम्मान गरेको हो । 

मेरिल्यान्ड राज्यको विधानसभाको तर्फबाट सांसद ह्यारी भण्डारीले उक्त सम्मान पत्र हस्तान्तरण गरेका थिए । 

श्रेष्ठलाई कलाकारिताको माध्यमबाट जनचेतना फैलाएको, जनताको हित र पक्षका कुरा पुर्याउन अतुलनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । 

सम्मानपछि श्रेष्ठले कुनै दिन इतिहासमा अमेरिकाकै राष्ट्रपति पनि नेपाली मूलको हुन सकोस् भन्दै भण्डारीलाई शुभकामना दिएका थिए ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २२:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया