प्रदेश १ को मुख्य न्यायाधिवक्तामा श्रेष्ठ नियुक्त

आइतबार प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्त भएका हुन् । 

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकार हो । मुख्य न्यायाधिवक्तालाई उच्च अदालतका न्यायाधीशसरह मर्यादा र सुविधा प्रदान गरिन्छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार २२:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया