एमाले महाधिवेशन : अध्यक्ष ओलीले छाने १९ पदाधिकारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १९ जना पदाधिकारीको नाम सार्वजनिक गरेका छन् । उनले गएराति बन्दसत्र हलमा आफूसहित १९ जना पदाधिकारीको नाम सार्वजनिक गरेका हुन् । 

 अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन् । बाँकी ६ जना उपाध्यक्षमा उनले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे रामबहादुर थापा बादल र विष्णु पौडेलको नाम प्रस्तुत गरे ।

ओलीले महासचिवमा शंकर पोखरेलको नाम घोषणा गर्दा तीन उप-महासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।

सातजना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम प्रस्ताव गरेका छन् ।

उनले प्रस्तावित नेताहरूलाई मनोनयन दर्ताका लागि जान आग्रह गरेका थिए । ओलीले भने, ‘यसरी १९ जना पदाधिकारीहरूमा सहमति जनाउनका निम्ति म कमरेडहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु ।’  

उनले प्रस्तुत गरेको नाममा भीम रावल र घनश्याम भुसाल भने समेटेनन् । यद्यपि ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने ओलीले रावल र भुसाललाई पनि समावेश गरेका छन् ।  






  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ६:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया