ला लिगामा रियल मड्रिडकाे पुनरागमन जित

स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टोली  रियल मड्रिडले सेभियालाई २–१ ले पराजित गरेको छ ।

सान्टियागाे  बर्नाबेउमा १ गाेलले पछि परेकाे अवस्थालाई उल्टाउँदै रियलले रोमाञ्चक जित दर्ता गरेकाे हाे ।

खेलको १२औं मिनेटमा  राफा मिरले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा करिम बेन्जिमाले  खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८७ औं मिनेटमा  भिनिसियस जुनियरले गोल गर्दै रियललाई पुनरागमन जित दिलाए ।

याे जितसँगै शीर्ष  स्थानमा कायमै रहेकाे रियलले १४ खेलबाट ३३ अंक जाेड्दा सेभिया २८ अंकका साथ चाैथाे स्थानमा छ   ।





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ८:८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया