यात्रा प्रतिबन्ध अनावश्यक, तत्काल हटाउनुपर्छ : दक्षिण अफ्रिकी राष्ट्रपति

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले कोभिडको नयाँ भेरियन्टलाई कारण देखाउँदै आफ्नो देश र अन्य छिमेकीविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको विरोध गरेका छन् । 

यात्रा प्रतिबन्ध अनावश्यक भन्दै तत्कालै हटाउनसमेत सम्बन्धित देशहरूलाई उनले आग्रह गरेका छन् । ‘प्रतिबन्धका कारण दक्षिण अफ्रिका दुःखी छ,’ उनले भने । दक्षिण अफ्रिका अनुचित विभेदको पीडित भएको उनले बताए ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि बेलायत, अमेरिका, हङकङ, इजरायल, युरोपेली युनियनमा आबद्ध देशसहित दर्जनौं देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

हाल प्रचलनमा आइरहेका कोभिड खोपले नयाँ भेरियन्टलाई काम नगर्ने विज्ञहरूले बताउँदै आएका छन् । यसबारेमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले थप अनुसन्धान गरिरहेको छ ।

दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट अन्य देशहरूमा पनि फैलिन थालेपछि विभिन्न देशले आफ्नो सीमा बन्द गरेका छन् । 

ओमिक्रोन अहिले भारत, बेलायत, जर्मनी, अस्ट्रेलिया र इजरायललगायत विश्वका विभिन्न देशमा भेटिएको छ ।  





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ८:१४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया