‘चौथो मेगा अस्ट्रेलिया एजुकेसन फेयर हुँदै

काठमाडौं– आगामी मंसिर ६ र ७ गते काठमाडौमा ‘चौथो मेगा अस्ट्रेलिया एजुकेसन फेयर’ हुने भएको छ । अस्ट्रेलिया अध्ययनमा जान चाहने विद्यार्थीहरूको चाप बढिरहेका वेला उनीहरूलाई सही सल्लाह र सुझाब दिने उद्देश्यले यस वर्ष पनि मेगा अस्ट्रेलिया एजुकेसन फेयर हुन लागेको हो ।

काठमाडौको अन्नपूर्ण होटेलमा हुने फेयरमा २५ भन्दा शैक्षिक परामर्श संस्था, अस्ट्रेलियाका कलेज र विश्वविद्यालयले त्यहाँका कलेज र विश्वविद्यालयका बारेमा जानकारी दिनेछन् ।

विद्यार्थीलाई करियर काउन्सेलिङ समेत दिइने मेलामा विद्यार्थी तथा अभिभावकले अस्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका बारेमा जानकारी लिन पाउनेछन् । 

फेयरमा सहभागी हुने तीन हजारभन्दा बढी विद्यार्थीका लागि आकर्षक उपहारको व्यवस्था पनि गरेको आयोजकले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार १४:५८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया