कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी

नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् । जिल्लाको आठौँ अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा पौडेल पक्षको प्यानल नै विजयी भएको हो ।

पन्थी १ हजार २७१ मतसहित विजयी हुँदा देउवा पक्षका सभापतिका उम्मेदवार बेद थापा मगरले ३ सय ८४ मतमा चित्त बुझाए । 

उपसभापतिमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन् । सचिवमा भगतसिंह खड्का र जगदीश भट्टराई विजयी भएको निर्वाचन सहायक भीम न्यौपानेले जानकारी दिए । सहसचिवमा छवि पाण्डे र धर्म पाण्डे विजयी भएका छन् ।

सदस्यमा कृष्णप्रसाद पोख्रेल, धिरेन्द्र केसी, लीलाधर आचार्य, पदम विष्ट र लोकप्रसाद खरेल विजयी भएका छन् ।  





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ९:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया