नेकपा एमालेका नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार बिहान उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले घाेषणा गरेकाे पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलले महासचिवकाे दाबी गर्दै आएका थिए ।
उपाध्यक्षका लागि रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुसालले उम्मेदवारी दर्ता गराइसकेका छन् । भुसाल भने पदाधिकारी सूचीमा परेका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।