का‌ंग्रेस फर्किए ओझा

विराटनगर– पाँच वर्षअघि कांग्रेस परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका बाबुराजा ओझा पुनः कांग्रेसमा फर्किएका छन् । दोस्रो संविधान सभा निर्वाचनमा टिकट नपाएको झोँकमा कांग्रेस छाडेका उनी झन्डै पाँच वर्षपछि आफ्नो पुरानै घर फर्किएका हुन्। 

महामन्त्री डा. शशांक कोइरालाले ओझालाई टीका लगाएर पार्टीमा भित्र्याएका हुन् । जिपी कोइराला फाउन्डेसनले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा का‌ंग्रेस नेतृ सुजाता कोइराला र नेता डा. शेखर कोइराला पनि उपस्थित थिए ।

नेपाली कांग्रेस मोरङका पूर्वजिल्ला सचिव रहेका ओझा दोस्रो संविधान सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट माओवादी तर्फबाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा ओझा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यसँग पराजित भएका थिए । 





  • प्रकाशित मिति : मंसिर २, २०७५ आइतबार १५:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया