ओलीलाई एमालेका तीन नेताको चुनौती

नेकपा एमालेका उपाध्यक्ष भीम रावलसहित तीन नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सूचीलाई चुनौती दिएका छन् । उनीहरूले चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेनशनको बन्दसत्रबाट ओलीले सार्वजनिक गरेकाे १९ पदाधिकारीको सूचीलाई चुनाैती दिएका हुन् । 

ओलीले मध्यरातमा सार्वजनिक गरेको पधाधिकारीसहित केन्द्रीय कमिटी सदस्यको सूचीमा रावलसहित घनश्याम भुसाल र भीम आचार्यको पनि देखिएन । ओलीको सो सूची देखेपछि भुसाल थप असन्तुष्ट बने ।

उनले उपाध्यक्ष पदमा दाबी गरेका थिए । तर, भुसाललाई ओलीले सो पद दिएनन् । अन्ततः उनले  उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

एमाले विभाजन हुँदा माधवकुमार नेपाललाई साथ नदिएका आचार्यको नाम पनि ओलीले घोषणा गरेको १९ पदाधिकारीमा देखिएन । आचार्यले पनि ओलीको सूचीलाई चुनौती दिँदै सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । 

भीम रावलले भने यसअघि नै आफू अध्यक्ष पदमा उठ्ने भनेर घोषणा गरिसकेका थिए । उनी अन्तिमपटकसम्म पनि आफ्नो अडानमा कायमै रहे । अन्ततः रावलले उम्मेदवारी दर्ता गराएका छन् । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ११:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया