एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित पाँचजना पदाधिकारी निर्विरोध

नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्ष केपी ओलीसमेत आन्तरिक प्रतिस्पर्धामा भिडिरहनु परेका बेला पाँचजना पदाधिकारी भने निर्विरोध निर्वाचित हुने भएका छन् ।

बिहान १० बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समयमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा उम्मेदवारी दर्ता नपरेपछि पाँच पदाधिकारी निर्विरोध निर्वाचित हुने भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् । 

अध्यक्ष केपी ओलीले सोमबार बिहान प्रस्ताव गरेको पदाधिकारीको सूचीमा अन्यको उम्मेदवारी दर्ता भए पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा अन्यको दाबी नपरेपछि स्वतः निर्विरोध भएका हुन् । 

१० औं महाधिवेशनबाट पाँचजना विजय हुने निश्चित प्रायः हुन भए पनि औपचारिक रूपमा घोषणा भने निर्वाचन आयोगले गरिसकेको छैन । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ११:२७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया