कमल खत्रीको ‘नजर झुके झैं लाग्यो’ बजारमा

गायक कमल खत्रीको नयाँ गीत बजारमा आएको छ । पछिल्लो पटक खत्रीको स्वरमा ‘नजर झुके झैं लाग्यो’ बोलको गीत बजारमा आएको हो ।

थ्री मंकिज प्रोडक्सनले बजारमा ल्याएको उक्त गीत सुजन कोइरालाले लेखेका हुन् । गीतमा संगीत पनि गायक खत्रीकै सुन्न सकिन्छ । गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । म्यूजिक भिडियोमा मलिका महत र निराजन प्रधानमा जोडी कलाकारका रूपमा देख्न सकिन्छ । म्युजिक भिडियो निर्देशन राजेश पुमा राईले गरेका हुन् । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ११:४३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया