एमाले महाधिवेशन
ओलीको केन्द्रीय सदस्य सूचीमा कोमल वलीदेखि मोती दुगडसम्म

एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् ।

आइतबार मध्यरात ओलीले सार्वजनिक गरेको केन्द्रीय कमिटीका ३०१ जनाको नाममा वलीको नाम खुला महिला समूहमा छ । मोती दुगडको नाम भने खुला जनजाति सूचीमा छ । दुगड एमालेलाई थापाथलीमा केन्द्रीय कार्यालय भवन मिलाइदिने व्यापारी हुन् ।

सूचीमा महासचिवमा निर्विरोध निर्वाचित भएका शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य पनि अटाएकी छन् । सूचीमा अनेरास्ववियूका पूर्वअध्यक्ष नवीना लामादेखि वर्तमान अध्यक्ष सुनिता बरालसम्मको नाम परेको छ । 

काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितदेखि वर्तमान मेयर विद्यासुन्दर शाक्यसमेत अटाएका छन् । पत्रकार पृष्ठभूमिका सूर्य थापा र विष्णु रिजाल केन्द्रीय सदस्यमा अटाउँदा अर्का आकांक्षीद्वय गगन विष्ट र राजेन्द्र अर्याल भने सूचीमा अटाएका छैनन् ।  





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार ११:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया