ओलीले प्रस्ताव गरेको पदाधिकारी असमावेशी

नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्ताव गरेको १९ पदाधिकारीमा दुईजना महिलासहित एक/एक जना दलित र मधेसी समुदायको मात्रै प्रतिनिधित्व भएको छ ।

ओलीले आफ्नो प्रस्तावमा १९ मध्ये १३ जना खसआर्य समुदायबाट पदाधिकारीमा प्रतिनिधित्व गराए पनि अन्य समुदायबाट भने कम प्रतिनिधित्व गराएका छन् । 

एमालेको भावी पदाधिकारी संरचनामा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, विष्णु रिमाल खस आर्य समुदायबाट छन् । 

ओलीले प्रस्ताव गरेका सातजना सचिवमध्ये टोपबहादुर रायमाझी, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल गरी पाँचै जना खस आर्य समुदायका छन् । 

यसैगरी, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा अर्याललाई प्रस्ताव गरेर पदाधिकारीमा महिलालाई दुई जनामा सीमित गरेका छन् भने सचिवमा छविलाल विश्वकर्मालाई मात्रै समेटेर एकजना दलितको प्रतिनिधित्व गराएका छन् । 

ओलीको प्रस्तावअनुसार सचिव हुन लागेका रघुवीर महासेठ मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने एक मात्र एमालेका पदाधिकारी बनेका छन् ।



जनजाति समुदायबाट उपाध्यक्ष शाक्य, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ गरी चार जना मात्रै आदिवासी जनजाति समुदायबाट छन् ।



  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १२:७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया