एमाले केन्द्रीय कमिटीको सूचीमा अटाएनन् सचेतक भट्टराई

 एमाले प्रमुख सचेतक विशाल भट्टराई १० औं महाधिवेशनबाट चयन हुने ३०१ केन्द्रीय कमिटीको सूचीमा अटाउन असफल भएका छन् ।

निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशनस्थलमा देखिएका छैनन् । भट्टराई खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् । पछिल्लो समय भट्टराई कार्यालय सचिवका हैसियतमा ओलीलाई सघाउँदै आएका छन् । 

ओलीको सूचीमा प्रदेश १ भूगोलबाट तिलकुमार म्याङ्बो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई अटाएका छन् । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १२:४३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया