ओलीले मागेको पद नदिएपछि लालबाबु असन्तुष्ट, गरे कार्यकारी पदमा नबस्ने घोषणा

नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको सम्पूर्ण कार्यकारी पदबाट बिदा लिने घोषणा गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एमालेको १० औं महाधिवेशनबाट सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको घोषणा गरेका हुन् । 

पदाधिकारीको आकांक्षासहित चितवन पुगेका पण्डितले पदाधिकारीमा नसमेटिएपछि उनले असन्तुष्टि पोखेका हुन् ।

उनले १० औं अधिवेशनमा विजयी भएकालाई बधाईसमेत दिएका छन् । ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौँ महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना,’ पण्डितले लेखेका छन् ।  





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १३:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया