चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष मण्डलले तयार पारेको सूचीमा कर्णालीबाट केन्द्रीय कमिटीमा २१ जना परे पनि पदाधिकारीमा भने कोही पनि परेका छैन् ।
यसअघि कर्णालीबाट केन्द्रीय सदस्यमा प्रतिनिधित्व गर्ने नेताहरूले यामलाल कँडेललाई केन्द्रीय पदाधिकारी बनाउन माग गर्दै आएका थिए । तर, अध्यक्ष मण्डलले सार्वजनिक गरेको सूचीमा कर्णालीबाट कसैको नाम पनि परेनन् ।
पदाधिकारीमा एकजना पनि प्रतिनिधित्व नगराएकोमा एक केन्द्रीय सदस्यले असन्तुष्टि जनाए । ‘केन्द्रीय सदस्यमा कर्णालीबाट न्युन प्रतिनिधित्व भएको छ,’ उनले भने, ‘पदाधिकारीमा कर्णालीबाट शून्य राखिएकोमा हाम्रो असहमति जारी छ ।’
यद्यपि, कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले अहिले पनि पदाधिकारीको माग गरिरहेको ती केन्द्रीय सदस्यले बताए । पदाधिकारीमा नराखिएको असन्तुष्टि जनाए पनि निर्वाचनमा भने कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् ।
कर्णालीबाट यामलाल कँडेल (सुर्खेत), गोरखबहादुर बोगटी (हुम्ला), धर्मराज रेग्मी (दैलेख), निरज आचार्य (जाजरकोट), गुलाबजंग शाह (सल्यान), विष्णु रिजाल (दैलेख), नेशनल शाही नगेन्द्र (कालिकोट), दल रावल (हुम्ला), दीपा शर्मा रुपाखेती (सुर्खेत), सीपी घर्तीमगर (रुकुमपश्चिम), मोहन बानियाँ (मुगु), मीना रखाल (दैलेख), तीर्था गौतम (सुर्खेत), दक्षिणा शाही (कालीकोट), मोहनमाया ढकाल (सुर्खेत), राजबहादुर बुढा (दैलेख), नवराज रावत (सुर्खेत), डम्बरबहादुर सिंह, सूर्यकुमारी श्रेष्ठ, भैरवसुन्दर श्रेष्ठ र लक्ष्मी पोखरेल केन्द्रीय सदस्यमा चयन भएका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।