अभिनेत्री तथा मोडल रेश्मा घिमिरेले वैवाहिक जीवन सुरु गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग सोमबार लगनगाँठो कसेकी हुन् ।
रेश्माले इन्गेज्मेन्ट गरेको एक वर्षपछि प्रभातसँग विवाह गरेकी हुन् । रेश्माको विवाह विराटनगरको एक रिसोर्टमा भएको छ ।
उनको वैवाहिक समारोहमा नजिकका साथी र आफन्त उपस्थित भएका छन् । टिकटकबाट चर्चामा आएकी रेश्माले त्यसअघि नै एक चलचित्रमा अभिनय गरेकी थिइन् ।
दोस्रोपटक टिकटक स्टार भएर फिल्म उद्योगमा आएकी रेश्माले त्यसपछि केही म्युजिक भिडियोमा काम गरिन् ।
चलचित्रमा पनि काम गरिरहेकी रेश्माका श्रीमान् अमेरिकामा चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।