एमाले महाधिवेशन : भोटिङ मेसिनको मतदान बदर नहुने, उम्मेदवारको नाम र तस्बिर सेट गर्न आठ घण्टा लाग्ने

नेकपा एमाले महाधिवेशनका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । 

आधाभन्दा बढी पदमा सर्वसम्मत भएको जनाउँदै प्रावधिक टोलीले ७२ वटा मेसिन निर्वाचनका लागि तयारी अवस्थामा राखेको हो ।

‘अहिले मतदानका लागि ७२ वटा मेसिन तयारी अवस्थामा छन्, आवश्यक परेको खण्डमा एक सय मेसिन थप राख्न सकिन्छ?’ राम-लक्ष्मण इन्भेट्सका डाइरेक्टर लक्ष्मण पाण्डेले भने, ‘धेरै जसो पदमा सर्वसम्मत भएको बुझिएकाले अनुमान गरेको भन्दा कम मेसिन राखिएको हो ।’ 

उनका अनुसार भोटिङ मेसिनमा मत बदर हुने सम्भावना रहेको हुन्न । ‘भोटिङ मेसिनमा बदरको सम्भावना हुँदैन किन भने यसले ‘एस’ वा ‘नो’ भन्नेबाहेक अन्य विकल्प दिँदैन, सतप्रतिशत मत खस्छ’ पाण्डेले अगाडि भने, ‘मत हालिसकेपछि प्रिन्ट पनि अटोमेटिक दिन्छ ।’ 

उनका अनुसार निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेपछि उम्मेदवारको नाम र तस्बिर सिस्टममा अपग्रेड गर्न भने झन्डै ७-८ घन्टा भने लाग्नेछ ।   





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १४:५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया