ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको कसरी थाहा पाउने ? लक्षण के के हुन् ?

पछिल्ला दिन विश्वमा नयाँ त्रास उत्पन्न गरेको छ कोरोना भाइरसको नयाँ भेरियन्ट– ओमिक्रोनले । 

यो भेरियन्ट पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । त्यसपछि हङकङ, बोत्स्वानाहुँदै विश्वका बिभिन्न देशमा यो देखिएको छ । 

ओमिक्रोन देखिएका देशबाट हुने उडानमाथि प्रतिबन्ध लगाउन थालिएको छ जसले झन् त्रास उत्पन्न गरेको छ । 

ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला पत्ता लगाउने दक्षिण अफ्रिकाका चिकित्सक एन्जेलिक कोएट्जीका अनुसार यसको संक्रमण हुनेहरुमा सामन्य लक्षण पाइएको छ । 

‘शल्यक्रियाको लागि मेरो सामु एक ३३ वर्षका बिरामी आएका थिए । उनले मलाई बितेको दुई दिनदेखि थकान महसुश गरेको बताए । र उनले हल्का टाउको दुखेको समेत बताए । शल्यक्रिया गर्नुअघि उनको स्वास्थ्य परिक्षण गरियो र उनी कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित थिए,’ उनले भने । 

त्यसपछि ति बिरामीको परिवारको सबै सदस्यको स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षण गर्दा सबैको नतिजा पोजेटिभ आयो । सबैमा सामान्य लक्षण मात्र थियो । उनीहरुमा रुघाखोकी, कफ, स्वाद थाहा नपाउने कुनै समस्या थिएन । सबैकुरा सामान्य थियो । 



‘हालसम्म जति पनि विरामी हामीकहाँ आएका छन् सबैमा सामान्य समस्या मात्र देखिएको छ । तर ती सबै नयाँ भेरियन्टका संक्रमित थिए । यी संक्रमित डेल्टा भेरियन्टका संक्रमितभन्दा फरक थिए ,’ डाक्टर एन्जेलिकले भने । 

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अहिले विश्वभर चिन्ताको विषय बनेको छ । प्रारम्भिक अनुसन्धानले यसको संक्रमण क्षमता धेरै बढी रहेको छ । त्यतिमात्र होइन ‘रि–इन्फेक्सन’को खतरा पनि बढी रहेको छ । 



नोभेम्बरको सुरुमा यो भेरियन्ट दक्षिण अफ्रिकामा देखिएको थियो । गत बुधबार विश्व स्वास्थ्य संगठनले यसका बारेमा आधिकारिक जानकारी दिएको थियो । 

(बिबीसीबाट)

  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १४:५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया