सुर्खेतका ६ पालिकामा माओवादीको नेतृत्व सर्वसम्मत रूपमा चयन

नेकपा (माओवादी केन्द्र)ले सुर्खेतका नाैवटा स्थानीय तहमध्ये ६ पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका, सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन गरेकाे हो ।

वीरेन्द्रनगर नगरपालिकाको अध्यक्षमा रत्न गाहा मगर, बराहताल गाउँपालिकाको अध्यक्षमा बलबहादुर कठायत, पञ्चपुरी नगरपालिकाकाको अध्यक्षमा केशव शाही, चौकुने गाउँपालिकाको अध्यक्षमा गंगाराम बिक, सिम्ता गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर हमाल र भेरीगंगा नगरपालिकाको अध्यक्षमा गणेश भण्डारी सर्वसम्मत निर्वाचित भएका हुन् ।

गुर्भाकोट नगरपालिका र चिङ्गाड गाउँपालिकामा बन्द सत्र जारी रहेको नेकपा माओवादी केन्द्र सुर्खेतका अध्यक्ष कृष्ण जिसीले जानकारी दिए । लेकबेँसी नगरपालिकामा भने अधिवेशन सुरु हुन सकेको छैन ।
 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १४:८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया