ए डिभिजन लिग : बराबरीमा रोकिए एनआरटी र बिबिसी

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेट ब्वाइज क्लब (बिबिसी) र न्युरोड टिम (एनआरटी) बराबरीमा रोकिएका छन्।

दशरथ रंगशालमा दोस्रो चरणको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य बने ।
 
१९औं मिनेटमा एआरटीका दर्शन गुरुङको प्रहारलाई बिबिसीका गोलरक्षक पुर्ण लिम्बू चेम्जोङले बचाउ गरे ।
 
३८औं मिनेटमा मेसुकेको क्रस बाहिरियो । ४३औं मिनेटमा एनआरटीले सुनौलो अवसर गुमायो।

दोस्रो हाफको ६०औं मिनेटमा बिबिसीका दिनेश राईकाे प्रहार गोल पोस्ट नजिकैबाट बाहिरियो ।
 
यो नतिजासँगै बिबिसीले २ खेलमा ४ अंक जोड्दा एनआरटीले पहिलो अंक जोडेको छ ।

पहिलो खेलमा बिबीसीले विभागीय टोली एपिएफ फुटबललाई ३-२ ले पराजित गर्दा एनआरटीले मछिन्द्रसँगको खेल २-१ ले गुमाएको थियो । 
  
त्यस्तै आज नै दोस्रो चरणको अन्तिम खेल मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १५:१६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया