नेकपा एमालेको १०औं महाधिवेशनमा प्रदेश १ की सांसद उषाकला राईसहित तीन जना महिला केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । प्रदेश १ बाट तीन जनाको कोटामा उषाकला राईसहित निरा खनाल र मेनुका काफ्लेको मात्रै उम्मेदवारी परेपछि तीनै जना निर्विरोध भएका हुन् ।
एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका तीन जनाविरुद्ध अन्यले उम्मेदवारी नदिएपछि राईलगायत तीनै जना निर्विरोध केन्द्रीय सदस्य चयन भएका हुन् । यद्यपि, निर्वाचन समितिले भने औपचारिक रूपमा घोषणा गरेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।