एमाले महाधिवेशन : राति नौ बजेदेखि मतदान सुरु, एक बजेसम्म हुने

एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान हुने भएको छ । 

निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार मतदानको कार्यक्रम पुनः पछि धकेलिएको हो।  

निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय निर्धारण गरेको हो । 

अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका पदमा निर्विरोध हुन सकेका छैनन् । अधिकांश क्लस्टरबाट निर्वाचित हुनेहरू निर्विरोध निर्वाचित भइसकेका छन् । 

आवश्यकताभन्दा बढी उम्मेदवारी दर्ता भएका पदमा सहमतिको प्रयास जारी राखिएका कारण निर्वाचन कार्यतालिकामा संशोधन गर्नु परेको निर्वाचन समितिले जनाएको छ।  





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १६:४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया