एमाले महाधिवेशन : दलित र मधेसी महिलातर्फका १० केन्द्रीय सदस्य निर्विरोध

एमालेको १०औं महाधिवेशनबाट दलित महिला सदस्यतर्फका चारजना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको सूचीअनुसार दलिततर्फका चार जना केन्द्रीय सदस्यमा विष्णुमाया विक, रामरतिदेवी राम, शिवकुमारी गोतमे र सविता रसाइली निर्विरोध निर्वाचित भएका हुन् । 

चार सदस्यमध्ये चार जनाको मात्र मनोनयन दर्ता भएका कारण उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । 

दलित पुरुषतर्फका आठ जना केन्द्रीय सदस्यमा ११ जनाको मनोनयन दर्ता भएको छ । मधेसी महिला क्लस्टरका ६ जना केन्द्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।  

निर्वाचन समितिका अनुसार सो पदका लागि कमलादेवी महता, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी शाह, शिला यादव र सरिताकुमारी गिरी (यादव)को मात्र मनोनयन दर्ता भएकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । 

त्यस्तै, थारु क्लस्टरका खुला पाँच केन्द्रीय सदस्यमा ६ जनाको उम्मेदवारी परेको छ । थारु महिला क्लस्टरका दुईजना केन्द्रीय सदस्यका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् ।  मुस्लिमतर्फका चार केन्द्रीय सदस्यका लागि पाँच जनाको मनोनयन दर्ता भएको छ । 



जनजाति महिला क्लस्टरबाट निर्वाचित हुने आठजना केन्द्रीय सदस्यका लागि नौ जनाको उम्मेदवारी दर्ता भएको छ । मधेसी क्लस्टरका १३ जना खुला सदस्यमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 
 



  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १६:१०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया