काठमाडौं– सत्तारूढ दल नेकपाका नेता अग्निप्रसाद सापकोटाले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन्।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता सापकोटाले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखे ।
बलियो सरकारले जनअपेक्षाअनुसार ‘निरन्तरतामा क्रमभंगताका साथ’ काम गर्न नसकेको उनले बताए ।
जनताले यो सरकारसँग असाध्यै अपेक्षा गरेको भन्दै उनले सरकारले मुलुकलाई सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न नसकेको आरोप लगाए ।
पार्टीको संगठन एकीकरणसम्बन्धी विवाद टुंग्याउन स्थायी कमिटी बैठक छिटै बस्ने जनाउँदै नेता सापकोटाले अब बस्ने बैठकले सरकारका कामको समेत समीक्षा गर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।