एमाले महाधिवेशनः सुदूरपश्चिमबाट कोही पनि निर्विरोध हुन सकेनन्

चितवनको सौराहामा जारी नेकपा एमालेको १०औं महाधिवेशनमा सुदुरपश्चिम प्रदेशबाट कोही पनि उम्मेदवार निर्विरोध निर्वाचित हुन सकेनन् । 

नयाँ नेतृत्वका लागि अन्य प्रदेशमा कम्तीमा महिला कोटामा सहमति हुँदा पनि सुदूरपश्चिममा भने महिला र पुरुष दुवै कोटामा सहमति हुन सकेन । जसले गर्दा आन्तरिक प्रतिस्पर्धा बढेको छ । 

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार सुदूरपश्चिमबाहेक अन्य ६ प्रदेशमा महिला कोटाका उम्मेदवार निर्विरोध भएका छन् ।  

पुरुषतर्फका ६ र महिलातर्फका तीन गरी ९ कोटाका लागि सुदूरपश्चिममा मात्रै १४ जना उम्मेदवार भएका छन् । जसमध्ये खुल्ला ६ जनाको लागि ९ जना र महिला तीन जनाका लागि ६ महिला उम्मेदवार बनेका छन् ।

खुला ६ का लागि सुदूरपश्चिममा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, कृष्णप्रसाद जैसी, झपटबहादुर बोहोरा, दिपकप्रकाश भट्ट, नारायणमुनि रना, भैरवबहादुर सिंह, लीलाधर भट्ट, सहदेव बोगटीले उम्मेदवारी दिएका छन् । 

महिलातर्फका तीन पदका लागि कमलादेवी महरा, कुमारीकमला बोहरा, पशुपति कुँवर, मञ्जु मलामी, सन्तोष शर्मा थापाले उम्मेदवारी दिँदा खुला र महिला दुवैतर्फ प्रतिस्पर्धा हुने देखिएको छ । 



उम्मेदवारी फिर्ता लिने समयसम्म १४ मध्ये पाँचजनाले उम्मेदवारी फिर्ता नलिए प्रतिस्पर्धा हुनेछ ।



  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १६:४६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया