समीक्षा अधिकारीको स्वरमा मेरो जस्तो माया सार्वजनिक (भिडियो)

पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत मेरो जस्तो माया तिमीलाई सार्वजनिक भएको छ । प्रायः लोक दोहोरी शैलीका गीतमा जम्दै र दर्शक श्रोताले मन पराउँदै आएकी समीक्षाका सेन्टिमेन्टल गीत भने कमै सुन्न पाइन्छ । 

सानै उमेरमा थुप्रै गीतमा स्वर भर्न सफल समीक्षाले हरेक शैलीका गीत गाउन सक्छिन्, तर उनका लोक दोहोरी शैलीका गीत अलि बढी हिट भएकाले पनि होला, सायद गीतकार, संगीतकारले उनलाई यी शैलीका गीत अलि बढी अफर गर्छन् ।

सानै उमेरमा गाउन सुरु गरे पनि र संगीतको औपचारिक शिक्षा हासिल नगरे पनि उनको स्वर परिपक्व सुनिन्छ । प्रस्तुत गीत मेरो जस्तो मायालाई पनि समीक्षाले न्याय गरेकी छिन् । 

दिलको बदला दिल दिएँ , मभन्दा नि, तिमीविना बाँच्दिन म भन्ने तिमी गीतका संगीतकार राज कुमारसँग उनको यो पहिलो सहकार्य हो ।

हाललाई स्टुडियो भिडियोमार्फत सार्वजनिक गीतमा फिमेल भर्जनमा समीक्षाको स्वर रहेको छ भने मेल भर्जनमा नरहरि प्रेमीको स्वर, राज कुमारको शब्द संगीत, सञ्जय हमालको अरेञ्जमेन्ट, दिल समर्पणको रेकर्डिङ, चन्द्र चौधरी (अकष्टिक नेपाल)को मिक्सिङ रहेको छ भने भिडियोमा कृष्ण बस्नेतको छायांकन तथा स्वयं गीतकार तथा संगीतकार राज कुमारको सम्पादन रहेको छ ।





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १७:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया