डडेलधुराको कांग्रेस जिल्ला अधिवेशनले पायो मान्यता

कांग्रेस महाधिवेनअन्तर्गत डडेलधुराको कांग्रेस जिल्ला अधिवेशनले मान्यता पाएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनअन्तर्गत डडेलधुरा जिल्लामा भएका अधिवेशनलाई मान्यता दिने निर्णय गरेको हो । 

पार्टी केन्द्रीय कार्यालयमा बसेको निर्वाचन समितिको बैठकले सभापति शेरबहादुर देउवाको गृहजिल्लामा भएको अधिवेशन बदर नहुने ठहर गरेको हो । 

कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्ल पक्षले वडादेखि जिल्लासम्मको अधिवेशन एकतर्फी रुपमा गरिएको भन्दै आन्दोलन गर्दै आएको छ । उनीहरु विगत १३ दिनदेखि केन्द्रीय कार्यालयमा रिले अनशनमा छन् । 

मल्ल पक्षले जिल्लामा भएका सबै प्रकारका अधिवेशन बदरको माग गरे पनि निर्वाचन समितिले भने सबै अधिवेशनलाई मान्यता दिने निर्णय गरेको हो। 





  • प्रकाशित मिति : मंसिर १३, २०७८ साेमबार १८:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया