भीम रावललाई भोट नहाल्न भन्दै ओली पक्षले बाँड्यो सूची

चितवनमा जारी एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षले आफ्नो समूहका उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरेको छ ।  

सौराहामा भइरहेको मतदानमा ओली पक्षले अध्यक्षका प्रत्यासी भीम रावल, उपाध्यक्षका घनश्याम भुसाल, सचिवका भीमप्रसाद आचार्य, टंकप्रसाद कार्कीलगायत  उम्मेदवारलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरूलाई पर्चा बाँडेको हो । 

बन्दसत्र हलमा वाचन गरेका नाममा मात्र भोट हाल्न भन्दै ओली पक्षले महाधिवेशन प्रतिनिधिलाई पर्चा बाँडिरहेको हो ।

मतदान अहिले पनि होटल सेभेन स्टार परिसरमा जारी छ । राति २ बजेबाट मतदानको कार्यतालिका तय भएपनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको हो । 

पहिलो मत अध्यक्षका उम्मेदवार ओलीले दिएका थिए । अध्यक्षका उम्मेदवार रावललगायतका नेताहरूले पनि सुरुवातमा मतदान गरेका थिए ।  





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ६:५६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया