ओमिक्रोन भेरियन्टको विश्वव्यापी जोखिम बढ्यो : डब्लूएचओ

विश्व स्वास्थ्य सगंठन (डब्लूएचओ) ले कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको  विश्वव्यापी जोखिम बढेकोले जनाएको छ । 

डब्लूएचओले नयाँ भेरियन्टले केही क्षेत्रमा गम्भीर असर हुनेसमेत चेतावनी दिएको छ । डब्लूएचओका प्रमुख टेड्रोसल घेरब्रीससले जोखिमबीच गरीब देशहरुले खोप लगाउनुपर्ने ‌‌‍आवश्यकता औंल्याए । ‘कोभिड हामीबाट भागेको छैन्, बरु हाम्रै नजिक छ’ उनले भने । 

ओमिक्रोन भाइरस यही महिनाको सुरुमा दक्षिण अफ्रिकामा देखिएको थियो । यो भेरियन्ट कोभिडको यसअघि खतरा मानिएको डेल्टा भेरियन्टभन्दा बढी जोखिम भएको डब्लूएचओले जनाउँदै अ‍ाएको छ । 

भेरियन्टबारे तत्कालै जानकारी गराएको भन्दै दक्षिण अफ्रिकाको प्रशंसा पनि भएको छ । ‘ओमिक्रोनको म्युटेसन दर उच्च छ । तसर्थ महामारीबारे विश्व समुदायले बेलैमा सचेत हुनुपर्छ,’ उनले भने । 

नयाँ भरियन्टको जोखिम, यसको संक्रमण क्षमता र खोपसँग यसले कस्तो प्रतिकृया जनाउँछ भन्ने बारेमा  विश्वभरका वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् । ‘हामीमध्ये धेरैले कोभिडको प्रभाव घटेको लागे जस्तो भए पनि वास्तवमा झनै जोखिम बढेको छ,’ उनले भने, ‘तर, नयाँ भेरियन्टबाट अहिलेसम्म कसैको मृत्यु नभएको उनले जानकारी  दिए ।  

क्यानडा, बेलायत, पोर्चुगल, बेल्जियम, नेदरल्यान्ड्, भारत र हङकङमा नयाँ भेरियन्ट देखिएको छ । भेरियन्ट देखिएसँगै बेलायत, अमेरिका र युरोपेली युनियनका केही देशले दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएका छन् । 



त्यस्तै, जापानले पनि मंगलबारदेखि छिमेकी मुलुकहरूसँगको सीमा बन्द गरेको जनाएको छ ।  



  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ९:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया