‘मिस युनिभर्स’ को ताज नेपाल भित्र्याउने सुजताको सपना

‘मिस युनिभर्स’मा सहभागिता जनाउन ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । उनी इजरायलमा हुने मिस युनिभर्सको ७० औँ संस्करणमा नेपालको प्रतिनिधित्व गर्न त्यसतर्फ प्रस्थान गरेकी हुन ।

१२ डिसेम्बरमा मिस युनिभर्स हुँदैछ । मिस युनिभर्समा सुजिताले ७० भन्दा धेरै देशका युवतीसँग प्रतिस्पर्धा गर्नेछन् । सुजितालाई बिदाइ गर्न आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठलगायतको टोली विमानस्थल पुगेको थियो ।

इजरायल उड्नुअघि सुजिताले नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुती दिने बताइन् । उनले गत महिना काठमाडौंमा भएको ‘मिस युनिभर्स नेपाल’ मा १५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स नेपालको ताज जितेकी थिइन् ।

मिस युनिभर्समा नेपालको पहिचान झल्कने विभिन्न तयारी गरेर इजरायल उडेकी सुजताले मिन युनिभर्सको ताज नेपाल भित्र्याउने सपना रहेको बताएकी छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ९:२८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया