एमाले महाधिवेशन : अहिलेसम्म साढे १६ सय मत खस्यो, मतदानकाे समय थप्ने तयारी

नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । यो समाचार तयार पार्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् । 

महाधिवेशनमा २ हजार १५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए । उनले मतदान भएको ३ घण्टामा परिणाम आउने पनि बताए । 

सोमबार राति २ बजेबाट मंगलबार बिहान ८ बजेसम्मका लागि मतदानको समय तोकिए पनि मंगलबार बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो । जसअनुसार बिहान १० बजेसम्म मतदान भइसक्ने आँकलन आयोगले गरे पनि फेरि समय थप गर्नुपर्ने देखिएको छ । 

बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएको छ । एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेदवारी दिएका छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ९:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया