एमाले महाधिवेशन : मतदान सकियो, केही समयपछि गणना

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । २ हजार १५३ प्रतिनिधिमध्ये २ हजार ८५ जनाले मतदान गरेका छन् । 

निर्वाचन अधिकृत हरिशरण दाहालका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ । राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो  । २ हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरु भएको हो ।   

अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावल चुनावी प्रतिस्पर्धामा छन् । एमालेमा अध्यक्ष तथा उपाध्यक्ष खुलातर्फ ६ पदका लागि सात जना प्रतिस्पर्धामा छन् ।

सात सचिव पदमा ९ जनाको उम्मेदवारी परेको छ। ७ क्लस्टरका केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको हो । एमाले १० औं महाधिवेशन १० मंसिरदेखि चितवनको सौराहामा जारी छ ।  
 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १०:४५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया