बारपाकमा अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय बनाइने

गोरखा- गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्रमा प्रदेशभित्रका सबै जनताको पहुँचमा बिजुली, खानेपानी र सडक पु¥याउने योजना बनाएको बताएका छन् । 

बारपाक सुलिकोट गाउँपालिका-१ मा आइतबार साधना लघुवित्त संस्थाको शाखा कार्यालयको उद्घाटन गर्दै मन्त्री गुरुङले भने, ‘सरकारले दीर्घकालीन योजना बनाएर देशमा आर्थिक परिवर्तन गर्ने गरी राम्रो काम गरिरहेको छ ।’

मन्त्री गुरुङले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर केन्द्र, प्रदेश र स्थानीय सरकार सबैले नेपाललाई समृद्धि राष्ट्रका रुपमा विकास गर्ने गरी खाका कोरिसकेको बताए । उनले वित्तीय संस्थाले लगानी गर्दा उत्पादनमूलक क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भन्दै त्यसले मात्र देशको आर्थिक समृद्धिलाई टेवा पुग्ने उल्लेख गरे ।

मन्त्री गुरुङले यस क्षेत्रको प्रवर्धनका लागि भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिए । 

प्रदेशभित्र आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउनका लागि तीन सय घरबास सञ्चालन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । उनले भने, ‘अहिले गण्डकी प्रदेशभित्र घरबास सञ्चालन गर्न चाहनेका लागि अनुदानको व्यवस्था गरेका छाैं ।’ 

मन्त्री गुरूङले विकास निर्माणको जिम्मा लिएर समयमा काम गर्नेलाई पुरस्कृत गर्ने र काम नगर्नेलाई दण्ड जरिवाना गर्ने प्रदेश सरकारको नीति रहेको उल्लेख गरे । 





  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार ९:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया