अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन चिन्ताको विषय भए पनि आत्तिनु पर्ने कारण नभएको बताएका छन् ।
उत्तरी अमेरिकामा ओमिक्रोन संक्रमित भेटिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘यदि मानिसहरुले खोप लगाएका छन् र मास्क छोडेका छैनन् भने अहिल्यै लकडाउन गर्नु आवश्यक छैन,’ उनले भने ।
क्यानडामा ओमिक्रोनका संक्रमित देखिएका छन् भने अमेरिकाले आठ अफ्रिकी देशमाथि यात्रामा प्रतिबन्ध लगाएको छ ।
अमेरिकामा धेरैले खोप लगाइसक्दा पनि अघिल्लो वर्षको तुलनामा यसवर्ष कोरोनाका कारण धेरैको ज्यान गएको छ ।
‘दक्षिण अफ्रिकामा भेटिएको ओमिक्रोन भेरियन्ट कुनै न कुनै बेला अमेरिकामा आउँछ, यसलाई रोक्न सकिदैन,’ राष्ट्रपति बाइडेनले भने ।
गत साता अमेरिकाले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामीबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक र मलावीबाट हुने उडानमा प्रतिबन्ध लगाएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।