मन्त्रको पहिलो पोस्टरमा सौगात, बुद्धि र दिया

नेपाली चलचित्र ‘मन्त्र’को पहिलो पोस्टर सार्वजनिक भएको छ । चलचित्र युनिटले पहिलो पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति पनि घोषणा गरेको छ । 

कोरोना महामारीका कारण प्रदर्शन रोकिएको चलचित्र ‘मन्त्र’ले आगामी माघ २८ गतेलाई प्रदर्शन मिति पक्का गरेको छ । 

मनास्लु हिमालको बेस क्याम्पमा छायांकन गरिएको यो चलचित्र खिलबहादुर गुरुङले निर्देशन गरेका हुन । सार्वजनिक पोस्टरमा चलचित्रका शिर्ष कलाकार सौगात मल्ल, बुद्धि तामाङ र दिया पुनलाई प्रस्तुत गरिएको छ । 

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘मन्त्र’ले मनास्लु क्षेत्रको कथा भन्ने छ । हिमाली प्रेमकथा समेटिएको यो चलचित्रमा सौगात, बुद्धि र दियाका साथमा नमिता घिसिङ, वीरबहादुर लामा र पासाङ टी शेर्पा पनि शिर्ष भूमिकामा देखिनेछन् ।

‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको लगानी छ । साम्तेन भुटियाको कथा रहेको चलचित्रमा सन्तोष सुनारको संगीत सुन्न सकिन्छ । सञ्जय लामाले खिचेको चलचित्रको दृष्य मित्र डी गुरुङले सम्पादन गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ११:२७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया