मिस ग्रान्ड नेपालको उपाधि निशुको शिरमा

काठमाडौंमा सम्पन्न ‘मिस नेपाल ग्रान्ड–२०२१’को ताज बन्दी सहायता केन्द्रकी निशु कुमारी शाहले पहिरिएकी छन् । 

उनले प्रतियोगिताको शिर्ष उपाधिका साथमा मिस इन्टेलुक्च्युल र मिस कोन्जेनियालिटीको उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल भएकी छन् । 

राजभाइ सुवाल, जयन सुब्बा मानन्धर, सरोज प्याकुरेल, दीपक घिमिरे र रोस्ना बस्नेत निर्णायक रहेको उक्त प्रतियोगितामा ५ फरक फरक विधामा युवतीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको शिर्ष विजेताले ५० हजार नगद सहित ५० हजार बराबरको सुनको थान्का जितेकी छन् । 

पुरस्कारका साथमा प्रतियोगिताका विजेताहरुले नेपाली चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन् । रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा सुर्जिना श्रेष्ठ मिस टुरिजम नेपालको टाइटल जित्न सफल भइन् । 

यस्तै हेटौडाकी मनिषा छिनाललले  मिस ल्यान्डस्केपस नेपाल उपाधि जित्दा झापाकी बबिता आचार्यले मिस स्कुवा नेपाल उपाधि उचालिन् । 

१ सय ५६ जना प्रतिस्पर्धीलाई पछि पार्दै पोखराकी प्रमिला विश्वकर्मा मिस मल्टिनेशनल नेपाल घोषित भएकी छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार ११:४१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया