अमेरिकाले पाकिस्तानलाई आर्थिक सहयोग पूर्णरुपमा बन्द गर्छ: ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई आर्थिक सहयोग बन्द गर्ने फैसला ठिक भएको बताएका छन् । 

ट्रम्पले पाकिस्तानले अमेरिकाका लागि केही नगरेकाले सहयोग गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । 

अलकायदा प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानी सरकारले लुकाएर आतंकवादलाई समर्थन गरेको बताए । ट्रम्प भन्छन् ‘पाकिस्तानको एबटाबादको मिलिट्री एकेडेमीमा ओसामा बिन लादेनलाई पाकिस्तानले लुकाएको थियो ।’ 

अमेरिकाले पाकिस्तानलाई हरेक वर्ष १.३ बिलियन डलर सहयोग गर्दै आएको थियो तर अब यो सहयोग अमेरिकाले रोकेको छ । 

अमेरिकाको वल्र्ड ट्रड सेन्टरमा २०११ को नोभेम्बरमा भएको आतंककारी हमला सय जना भन्दा बढीको ज्यान गएको थियो । यो आक्रमण मास्टरमाइन्ड ओसामा बिन लादेन थिए । जसलाई अमेरिकाले पाकिस्तानको ऐबटाबादमा चलाएको एक जासुसी अपरेशनमा २०११ मा हत्या गरेको थियो । 
 





  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार ९:३१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया