नेपाल आइपुग्यो थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप

कोभ्याक्स सुविधामार्फत नेपाललाई थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौं आइपुगेको छ । 

कोभ्याक्समार्फत प्राप्त हुने ६० लाख डोजमध्ये ७ लाख २५ हजार खोप काठमाडौं आइपुगेको हो । यहि हप्ता दुई चरणमा थप खोप आउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

विभागका व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले अबको दुई चरणमा गरेर बाँकी खोप नेपाल ल्याइने बताए । नेपाल ल्याइएको उक्त खोप छिट्टै देशभर लगाउन थालिने उनको भनाइ छ । 

हालसम्म नेपालमा २ करोड ५५ लाख डोज खोप आइसकेको छ । जसमध्ये १ करोड ८१ लाख पाँच हजार ९५५ डोज खोप लगाइसकिएको छ । जसमध्ये ८३ लाख ८२ हजार ९९४ पूर्ण मात्रा र ९७ लाख २२ हजार ९६१ पहिलो मात्रा खोप लगाइसकेका छन् । 

नेपालमा गत माघदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको थियो । भारतले १० लाख डोज कोभिशिल्ड खोप अनुदानमा उपलब्ध गराएसँगै खोप अभियान सुरु भएको थियो । तर, भारतले पछि खोप नदिँदा केही समय अभियान रोकिएको थियो । 

सरकारले आगामी चैतसम्ममा लक्षित सबैलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । सोही आधारमा देशभर तोकिएका खोप केन्द्रमार्फत खोप लगाउने काम भइरहेको छ ।



सरकारले अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनिका, जोनसन एण्ड जोनसन गरेर चार प्रकारका खोप लगाइरहेको छ । 



  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १२:३२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया